पूर्वी नवलपरासीमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ १४ गते १९:१०

परासी । पूर्वी नवलपरासीको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री मोहम्मद राजा रहेका छन् ।
निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वाल भित्र पालैपालो गएका तिनै जनाको निसास्सिएर मृत्यु भएको थियो ।
तिनै जनालाई प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया