शनिबार, पुष १२, २०८२

बागलुङमा २ बालिका बेपत्ता

मेरोन्यूज २०८१ भदौ १६ गते २१:१९

गलकोट (बागलुङ) बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन् ।

रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिए ।

प्रतिक्रिया