सोमबार, वैशाख १४, २०८३

अल्छी लाग्यो भन्दै मन्त्री गुरूङले दिए राजीनामा

मेरोन्यूज २०८१ भदौ १७ गते १६:०३

काठमाडौं।गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्।

Advertisement
NiccNicc

सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्।

राजिनामापछि उनले भने ‘मैले पिएमार्फत मुख्यमन्त्रीकोमा राजीनामा पठाएको छु, बजेटनै नभएको वनमन्त्रालयको मन्त्री बनेर के गर्ने रु, अल्छी लाग्यो राजिनामा दिए ।’

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए ।

आज मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए।

प्रतिक्रिया