फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक

काठमाडौँ । तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ ।
भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।
पल र प्रकाशबीचको टकराव देखाउन खोजिएको गीतमा निकितालाई बोल्ड अवतारमा देखिएकी छिन् ।
फिल्ममा उनी यो गीतमा मात्र देखिनेछिन् । तराईंको मध्य मधेशको गाउँलाई सेटअप बनाएर गीत खिचिएको छ । यो गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल दोहोरो भूमिकामा छन् । पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदिको पनि अभिनय रहेको फिल्मलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् ।
गीतको लिंक- https://www.youtube.com/watch?v=tEA7e-F5wMs














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया