ए प्लस अस्पताल ट्रमा सेन्टर कलैया : सुबिधा राजधानीको चार्ज देहातको

कलैया । स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको मन जित्न सफल भएको छ।
अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित उपचारको कारण ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया बिरामी संगै अभिभावकको मन जित्न सफल भएको हो। कलैया बिरगंज सडकखण्ड अन्तर्गत कलैया ट्राफिक कार्यालय छेउमा मात्र ६ महिना अघि सञ्चालनमा आएको उक्त अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गर्दछन्।
बारा, पर्सासंगै रौतहटको बिरामी समेत उक्त अस्पतालमा उपचार गराईरहेको देखिएको छ। ओपिडीमा बिशेषज्ञ डाक्टर द्वारा बिरामी जाँच्ने, उपचार गर्ने हुँदा उक्त अस्पताल प्रती नागरिकको बिश्वास बढ्दै गएको पत्रकार आदर्श कुमार उपाध्यायले बताएका छन्। ए प्लस अस्पतालका बरिष्ट फिजिसियन डाक्टर बीकेश कुमार पाण्डेका अनुसार स्थापनाको सानो अवधिमा प्रदेश सरकारको सहयोगमा सैयौं महिलाहरुको आंग खस्ने रोगको निःशुल्क अपरेसन गरिएको छ।
बिरामी पता लगाउन बाराको कैयौं स्थानमा निःशुल्क उपचार शिविरको आयोजना गरिएको थियो। सोही शिविरहरुबाट छानिएर आएकी ११६ जना महिलाको आंग खस्ने रोगको ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा निःशुल्क अपरेसन गरिएको डाक्टर पाण्डेले जानकारी दिएका छन्। अस्पतालमा हाल २४ औं घन्टा प्रसूति सेवा, आइसियु, एनआइसियु , ल्याप्रोस्कोपीक, सर्जरी, लेजर सर्जरी सेवा दिइने गरिन्छ। पछिल्लो समयमा बढ्दै गएको सवारी दुर्घटना र महंगो उपचार लाई मध्यनजर गर्दै अस्पतालले सेवा उपचार राजधानीको चार्ज देहातको निति लिएको छ।
सोही नीति अनुसार ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा हड्डीको उपचार तथा अपरेसन अर्थोमा गोल्ड मेडलिस्ट एमबिबिएस एमएस डाक्टर आशिष यादव द्वारा भईरहेको छ। अहिले ओपिडी तर्फ ५० देखि ६० जना र हार्डजोर्नीको ३० देखि ४० बिरामी गरी दैनिक एकसयको हाराहारीमा उपचारका लागी आउने गरेको डाक्टर पाण्डेले जानकारी दिएका छन्।
कलैया आसपासका अस्पतालहरुमा पुरानै प्रबिधिबाट अपरेसन हुने हुँदा जोखिम संगै बढी खर्च पनी हुनेगरेको थियो। तर उक्त अस्पतालमा लेजर ( दूरबिन) बाट एउटा सानो प्वाल पारेर ठूला ठूला अपरेसन भईरहेको छ, जुन अपरेसन गरेको एकदुई दिनमै बिरामी घर जाने गर्दछन्। यसले बिरामीको अस्पतालमा बसाई पनि कम हुने र खर्च समेत कम हुने उनले बताएका छन्। एउटा दुर्घटनाको बिरामी उपचारका लागी बिरगंजका कैयौँ अस्पतालमा जाँदा तीनचार दिनमा लाखौंको बिल तिर्नुपर्दा कैयौं अभिभावक ठूलो समस्यामा पर्दछन्।
तर उक्त अस्पतालमा अन्य अस्पतालको तुलनामा एकदमै न्यून शुल्क लाग्ने गरेको रौतहटको गुजरा नगरपालिकाबाट बिरामी लिएर उपचारका लागी कलैया गएका अभिभावक उमाशंकर तिवारीले दाबी रहेको छ। हर्निया, एपेन्डिक्स, पेट चिरेर बच्चा, लगायत हार्डजोर्नीको अपरेसन सुबिधा काठमाडौंका अस्पताल सरह दिने र चार्ज देहात सरह लिनेगरेको डाक्टर बिकेश कुमार पाण्डेले जानकारी दिएका छन्।
उक्त अस्पतालमा उपचार तथा हार्ड जोर्नी अपरेसनमा अन्य अस्पतालको तुलनामा ४० देखि ५० प्रतिशत सस्तो हुनेगरेको डाक्टर पाण्डेले दाबी गरेका छन्। आफू विदेशमै बसेर पैसा कमाउन सकिन्थ्यो तर आफ्नो गाउँ समाजको सेवाको उद्देश्यले मात्र ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया सञ्चालन गरेको उनले बताए। ए प्लस अस्पताललाई भविष्यमा अझै सुबिधा सम्पन्न ट्रमा सेन्टर अस्पतालको रूपमा सञ्चालन गरेर गरीब, बिपन्न बर्गलाई समेत बिशेष सहुलियतमा उपचार सेवा दिने चाहना रहेको डाक्टर पाण्डेले प्रतिवद्धता जनाएका छन्।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया