शाहरुख बने भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, विराटले कति ?

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । शाहरुखले ९२ करोड रुपैयाँ भारु कर तिरेका छन् ।
फर्च्युन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३-२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ।
किंग खानपछि यो सूचीमा तमिल सुपरस्टार थालापथी विजय छन् । उनले ८० करोड रुपैयाँ कर जम्मा गरेका छन् । यस्तै सलमान खानले ७५ कराेड कर तिरेर तेस्राे स्थानमा आएका छन् ।
चाैथाेमा अमिताभ बच्चन परेका छन् । यस अवधिमा उनले ७१ कराेड भारु कर तिरेका हुन् ।
यस्तै सबैभन्दा बढी कर तिर्ने खेलाडीमा विराट काेहली शिर्ष स्थानमा रहेका छन्। उनले ६६ कराेड भारु कर तिरेका छन् । य
अक्षय कुमारको नाम भने यसपटक सूचीको शीर्ष २० मा पनि परेको छैन। गत वर्ष अर्थात आर्थिक वर्ष २०२२-२३ मा उनले २५ करोड रुपैयाँ कर तिरेका थिए । अक्षय २०२३ मा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका थिए।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया