शाहरुख बने भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, विराटले कति ?

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खान भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । शाहरुखले ९२ करोड रुपैयाँ भारु कर तिरेका छन् ।
फर्च्युन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३-२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ।
किंग खानपछि यो सूचीमा तमिल सुपरस्टार थालापथी विजय छन् । उनले ८० करोड रुपैयाँ कर जम्मा गरेका छन् । यस्तै सलमान खानले ७५ कराेड कर तिरेर तेस्राे स्थानमा आएका छन् ।
चाैथाेमा अमिताभ बच्चन परेका छन् । यस अवधिमा उनले ७१ कराेड भारु कर तिरेका हुन् ।
यस्तै सबैभन्दा बढी कर तिर्ने खेलाडीमा विराट काेहली शिर्ष स्थानमा रहेका छन्। उनले ६६ कराेड भारु कर तिरेका छन् । य
अक्षय कुमारको नाम भने यसपटक सूचीको शीर्ष २० मा पनि परेको छैन। गत वर्ष अर्थात आर्थिक वर्ष २०२२-२३ मा उनले २५ करोड रुपैयाँ कर तिरेका थिए । अक्षय २०२३ मा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका थिए।
















महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य
चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया