सङ्घीय संरचनामा प्रदेश सरकार सबैभन्दा अब्बल : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनामा सबैभन्दा अब्बल प्रदेश सरकार रहेको बताएका छन् ।
कोशी प्रदेश सरकारको समन्वय एवं ‘फेडरालिजम् एण्ड लोकलाइजेसन सेन्टर’द्वारा आज यहाँ आयोजित ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहीन टिप्पणी हुने गरेका बताए । सङ्घीयता आएपछि सबैभन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको जिकिर गर्दै उहाँले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबी गए।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, “प्रचारप्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।” उहाँले सात वर्षमै सङ्घीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने उल्लेख गर्दै केही अधिकार प्रदेशलाई प्रत्यायोजन हुन बाँकी रहेको अवस्थामा सङ्घीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको बताए।
सङ्घीय सरकारभन्दा स्तरीय बाटो, पुललगायत विकास प्रदेश सरकारले गरिरहेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेशको काम छैन भन्ने जस्ता सतही टिप्पणी हुने गरेका बताए । उनले प्रदेश सरंचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको छ भन्दै यस्ता टिप्पणी गर्नुअघि महालेखा परीक्षकको प्रतिवेदन हेर्न आग्रह गरे ।
विगत सात वर्षमा सबैभन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, “यो भनाइ र आधारलाई महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।”
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक गोपी अछामी र पूर्वसांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले सङ्घीयता सबलीकरणमा तीनवटै तहको महत्वपूर्ण भूमिका रहने धारणा राखे । सेन्टरका अध्यक्ष डा खिमलाल देवकोटाले सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन सङ्घीय तथा प्रदेश सरकार र दलका नेतालाई बुझाउने जानकारी दिए।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया