मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी चिकित्सकलगायत रहेको बताइएको छ ।
आजको बैठकले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै आजको बैठकले पारालिम्पिक्समा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम दिने निर्णय गरेको छ भने प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।
















पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया