२ महिनाभित्र अस्पतालमा सुधार गर्न मन्त्री थापाको निर्देशन
मेरोन्यूज
२०८१ भदौ २१ गते २०:३२

पाटन (ललितपुर) । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले आज गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिएका छन् ।
“अस्पतालमा आकस्मिक उपचार कक्षमा जाने बाटोमा समस्या रहेको, ल्याव र स्टोर व्यवस्थित नभएको, तोकिएअनुसार औषधि नराखिएको, सबै कर्मचारी र डाक्टर समयमै उपस्थित नभएको पाइएपछि दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ”, अनुगमनपछि मन्त्री मगरले भने । उनले अस्पताल व्यवस्थापनले पनि सुधारको प्रतिबद्धता जनाएको उहाँले बताए ।
अनुगमनका क्रममा स्वास्थमन्त्री मगरसहित युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेकपा (एमाले) बागमती प्रदेशका सचेतक मधुसूदन पौडेललगायत उपस्थित थिए ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया