२ महिनाभित्र अस्पतालमा सुधार गर्न मन्त्री थापाको निर्देशन
मेरोन्यूज
२०८१ भदौ २१ गते २०:३२

पाटन (ललितपुर) । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले आज गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिएका छन् ।
“अस्पतालमा आकस्मिक उपचार कक्षमा जाने बाटोमा समस्या रहेको, ल्याव र स्टोर व्यवस्थित नभएको, तोकिएअनुसार औषधि नराखिएको, सबै कर्मचारी र डाक्टर समयमै उपस्थित नभएको पाइएपछि दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ”, अनुगमनपछि मन्त्री मगरले भने । उनले अस्पताल व्यवस्थापनले पनि सुधारको प्रतिबद्धता जनाएको उहाँले बताए ।
अनुगमनका क्रममा स्वास्थमन्त्री मगरसहित युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेकपा (एमाले) बागमती प्रदेशका सचेतक मधुसूदन पौडेललगायत उपस्थित थिए ।
सम्बन्धित










नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
प्रतिक्रिया