बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन सुरु

काठमाडौँ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन सुरु भएको छ । फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो ।
प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए ।
सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् ।
तीन करोड बजेट अनुमान गरिएको फिल्मलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया