सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’ को घोषणा

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।
निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।
उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ ।
फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । फिल्मको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुनेछ ।
















सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया