हत्याको अभियोगमा रोल्पा र डोटीबाट एक/एक जना पक्राउ

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-२ जाजरकोट टोल बस्ने ७१ वर्षीया सारू रोकाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राम कुमारले एकनाले भरूवा बन्दुकको कुन्जाले टाउँकोमा प्रहार गर्दा सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ ।
त्यस्तै डोटीमा आफ्नै दाइ ६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-६ डाँडागाउँ बस्ने ५६ वर्षीय नर बहादुर जोरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउँकोमा प्रहार गर्दा गणेशको घट्नास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया