बुधबार, पुष १६, २०८२

उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

मेरोन्यूज २०८१ भदौ २६ गते १२:२२

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो ।
जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको जानकारी दिए ।

उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको उपसभामुख पद खोस्न लागेका हुन् ।

प्रतिक्रिया