मलाइका अरोराका बुवाको सात तलामाथिबाट खसेर मृत्यु
मेरोन्यूज
२०८१ भदौ २६ गते १७:२७

काठमाडौँ । अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराको मुम्बईमा टेरेसबाट हाम खसेर मृत्यु भएको छ ।
अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान पुगेका थिए । प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छन् ।
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया