आज मन्त्रिपरिषद् बैठक बस्दै : लगानी बाेर्डकाे सिइओ छान्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको छ । साँझ ६:३० बजे बोलाइएको बैठकमा लगानी बाेर्डकाे सिइओ छनाैट तथा सहसचिवहरुकाे सरुवालगायतका एजेन्डा रहने सम्भावना छ । आजको बैठकमा तीन दर्जन सहसचिवकाे सरुवाकाे तयारी छ ।
स्रोतका अनुसार सहसचिव सरुवाकाे सूचीलाई अन्तिम रुप दिने गृहकार्य चलिरहेको छ । यस्तै आजको बैठकमा लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनाैट गर्ने समेत तयारी रहेकाे छ । छनाैट सूचिमा रहेका पाँच जनाकाे गत मंगलबार अन्तर्वार्ता र प्रस्तुतिपछि तीन जनाकाे नाम छनाैट भइ मन्त्रिपरिषदमा प्रस्ताव पुगेको छ ।
छनाैटमा सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन् ।
सूचीकरणमा परेका पाँच जनामध्ये ढुंगाना, काफ्ले र ज्ञवालीबिच सिइओ बन्न तिब्र प्रतिस्पर्धा हुने ठानिएको छ । ज्ञवाली र ढुंगाना एमाले निकट मानिन्छन् भने काफ्ले कांग्रेस निकट मानिन्छन् । कांग्रेस र एमाले दुबैले सो पदमा आफु निकटलाई सिइओ बनाउन लबिङ गरिरहेका छन् । त्यसमा सहमति जुटेमा आजै बोर्डले सिइओ पाउनेछ ।
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया