वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

विराटनगर (मोरङ) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए । “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उनले भने ।
पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताए । मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनाएकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुनेगरी काम गर्ने उल्लेख गरे । उनले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताए । सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताए ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले कांग्रेस सरकारमा सहभागी भएको अनुभूत जनतालाई हुनेगरी काम गर्न आग्रह गरे । उनले पार्टीसँग समन्वय गरेर ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्छ भने ।
कोशी प्रदेशका सांसद गयानन्द मण्डलले सिँचाइको व्यवस्था ‘इलेक्टिक बोरिङ’बाट गर्न आग्रह गरे । उनले सिँचाइमा विद्युतीकरण गर्न सके मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
बूढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बूढीखोला बाढी नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्न माग गरे ।















नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने
इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया