ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम गर्न लागेको छ ।
बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम गर्न लागेको हो ।
बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी मार्च १६ देखि मार्च २२ सम्म विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।
यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् पनि प्रसारण गर्ने जनाएको छ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम गरिसकेका छन् ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
















संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया