रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

त्रिवेणी (रुकुम–पश्चिम) । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् ।
मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिए । उनका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् । स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कूल एक हजार नौ सय ९५ जनाले सेवा लिएको उनले जानकारी दिए ।
मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिए पनि शिविरमा जाजरकोट, रोल्पा, रुकुम पूर्वसम्मका बिरामीले सेवा लिएको अध्यक्ष शमाले बताए । शिविरबाट उपचार सम्भव नभएका २० बिरामीलाई नेपालगञ्ज र १० बिरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोनीै र स्त्री रोगसम्बन्धी बिरामी छन् । शिविरमा नाम दर्ताको लागि रु एक सय दर्ता शुल्क रहेकामा बिरामी जाँच तथा औषधि वितरण निःशुल्क गरिएको थियो ।
शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको जाँच तथा उपचार गरिएको थियो । त्यस्तै शरीरका विभिन्न अङ्गको दुखाइ, दाँतसम्बन्धी सेवा, हाइड्रोशीलसम्बन्धी समस्याको जाँच तथा उपचार गरिएको थियो । शिविरमा दुई नेपाली र २० सिंगापुरका गरी विशेषज्ञ सहित २२ चिकित्सकले सेवा प्रदान गरेको शर्माले जानकारी दिए ।
ग्रेस मिसन सिंगापुरको आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा ‘सिएसडिसी’ले स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया