गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
राष्ट्रिय अपाङ्ग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताए ।
यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उनले भने, “यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति छ ।”
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए।
अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा विशेष ध्यान दिइएको बताए।
जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारका लागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बीउ पुँजी वितरणलगायतका कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।
राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले दैनिक आवश्यकपर्ने सहायक सामग्री कृत्रिम हातखुट्टा, क्यालिपर, वैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयरजस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको जानकारी गराए।
कोषले विषेशज्ञबाट नापजाँच एवं तालिमसहित ओम हङ्ग गिल ह्युमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई वितरण गरेको छ ।
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया