मंगलबार, वैशाख २२, २०८३

मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

मेरोन्यूज २०८१ भदौ २८ गते २०:१६

सञ्जय मिश्रा, रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साह माथी यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्।

Advertisement
NiccNicc

मौलापुर ९ सोनरनियाका गाउँलेहरुले विवाहीत महिलालाई यौन शोषण गर्ने वडा अध्यक्षलाई साह लाई कार्यवाहीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका हुन न।

स्थानिय एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै गाउँलेहरुले शुक्रबार अपरान्ह वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी  गरेका छन । तालाबन्दी गर्नुअ

रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

मौलापुर ९ सोनरनियाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन । 
तालाबन्दी गर्नुअघि गाउँलेहरुले ब्यानर र प्लेकार्डसहित बिभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा  गरेका थिए ।

केहिदिन अघि  गाउँकै दलित  महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।
 वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले  घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते  उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 
समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्षजो ढाकछोप भईरहेको भनेर स्थानीयले बिरोध जनाएका छन् । 
नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने  स्थानीयहरुले चेतावनी दिएका छन ।

प्रतिक्रिया