सहकारी बारे संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ । समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो ।
प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ ।
समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।
समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।
















पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
प्रतिक्रिया