शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढल्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् ।
शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि सरकार ढलेको बताए ।‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बूढानीलकण्ठतिर पनि सोेझियो ।
’प्रचण्डले बालकोट भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घर र बूढानीलकण्ठ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घर रहेको ठाउँलाई लक्षित गरेका हुन् ।
प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण पनी दिएको बताए । ‘मैले उनीहरुलाई सम्झाएको मात्र छु, दुई तिहाइको यदि तपाईंहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो’, उनले भने ।
आफूले खबरदारी गरेको विषयलाई कांग्रेस र एमाले नेताहरुले ‘बंगलादेश बनाइदिन्छु भन्यो’ भनेर प्रचार गरेको भन्दै प्रचण्डले भने, ‘मैले त खबरदारी गरेको मात्र हो, तपाईहरु त्यता हेर्नुस्, दुई तिहाइको अहंकार गर्न छाडेर जनताको सेवा गर्नुस् भनेर सुझाव पो दिएको हो ।’
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया