बिहीबार, चैत १२, २०८२

पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई

मेरोन्यूज २०८१ भदौ ३० गते १०:२१

गण्डकी । पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गरेका हुन्

Advertisement
nepal life insurencenepal life insurence

बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य छ दशकदेखि फोटोग्राफीमा सक्रिय हुनुहुन्छ । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । उनले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको बताए ।

प्रतिक्रिया