एभरेष्ट महिला भलिबलः काठमाडौं स्पाइकर्सद्वारा विदेशी स्टार खेलाडीको घोषणा

काठमाडौं। काठमाडौं स्पाइकर्सले आगामी एभरेष्ट महिला भलिबल लिग२०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ।
बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन्। फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन लीगहरू सहित शीर्षस्तरका लीगहरूमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै बुल्गेरियन CEV च्याम्पियन्स लिग र FIVB क्लब विश्व च्याम्पियनशिपमा उल्लेखनीय प्रदर्शन मार्फत् महत्त्वपूर्ण सफलता हासिल गरेकी छिन्।
उनले विश्व च्याम्पियनशिप पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरशिप र खेलभावनाका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्। त्सभेतानोभाको प्रभावशाली करियर काठमाडौं स्पाइकर्सको लागि मूल्यवान हुनेछ।
एभरेष्ट वुमन्स भलिबल लिगमा त्सभेतानोभाको आगमनपछि आफ्नो टोली थप बलियो हुनेमा विश्वस्त रहेको काठमाडौं स्पाइकर्सले जनाएको छ।
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया