छाेटाे समयमै अत्याधिक रुचाइएका ईभी नामी र सेरेस (भिडियाेसहित)
काठमाडौं। नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको आकर्षण बढ्दो छ ।
भर्खरै सम्पन्न नाडा अटो शो ले पनि यसको पुष्टि गरिसकेको छ । शोमा अधिकांश बुकिङ विद्युतीय सवारीको नै रहेको थियो ।
नाडामा एमएडब्लु वृद्धि मोटर्स प्रा. लि ले मात्र एक हजार भन्दा बढी गाडीको बुकिङ लिएको थियाे । यो नाडाको इतिहासमा हालसम्मकै बढी बुकिङ रहेको कम्पनीका बिजनेश हेड प्रशन्न पन्तको भनाइ छ ।
शो मा एमएडब्लुको ईभी नामीले मात्र ७१७ युनिट गाडीको बुकिङ लिन सफल भएको थियो ।
नामीमा करोड पर्ने गाडीमा हुने फिचर भएकाले यसप्रति ग्राहकहरुको आर्कषण बढेको पन्त बताउँछन् । यसमा रहेको फ्रेमलेस डोर, फ्ल्स हेन्डल, वेलकम सिट्स्, मेमोरी सिट्स्, अटो पार्किङ जस्ता फिचरले ग्राहकको ध्यान खिचेको उनको भनाई छ । ‘जुन मुल्यमा यो गाडी हामीले बिक्री गरिरहेका छौं, यो मुल्यमा आजको दिनमा नेपालमा यस्ताे कुनैपनि गाडी छैन’, पन्तले भने ।
एमएडब्लुसँग नामी इ १, इ २ र इ ३ गरी ३ वटा मोडलमा रहेका छन् । नामी इ १ को मुल्य २९ लाख ९९ हजार, इ २ को मुल्य ३१ लाख ९९ हजार र इ ३ को मुल्य ३४ लाख ९९ हजार रहेको छ । नामी गाडी ग्रीन, वाइट, ब्लु र पर्पल गरी ४ वटा कलरमा उप्लब्ध छ ।
त्यस्तै कम्पनीकै अर्को ईभी सेरेसको पनि शोमा २०७ युनिट बुकिङ भएको थियो । यसमा रहेको १९० एमएम को ग्राउण्ड क्लेयरेन्सले ग्राहकलाई एसयुभीकाे अनुभव गराउने पन्तकाे भनाइ छ ।
पन्तका अनुसार बिक्री वितिरण सुरु गरेको एक वर्ष नपुग्दै नेपालभर ३५० बढी सेरेस गाडी बिक्री भइसकेका छन् । एमएडब्लुले छिट्टैनै सेरेसको अप्डेटेड भर्जन नेपाल भित्र्याउन लागेको पन्तले जानकारी दिए ।
सेरेसमा कम्फर्ट र प्रिमियम गरी दुईवटा मोडल रहेको छ । कम्फर्टको मुल्य ४९ लाख ९९ हजार भने प्रिमियमको मुल्य ५२लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
बुकिङ लिएका कस्टमरहरुलाई समयमै गाडी उपलब्ध गराउन आफुहरु तयार रहेको पन्तले बताएका छन् । ‘कम्पनीले कस्टमरहरुसँग कमिट्मेन्ट गरेअनुसार नै गाडी डेलिभरी गर्छ’, उनले भने ‘देशभर १० ओटा स्थानमा हाम्रो डिलर छन्, सबै स्थानबाट डेलिभरी दिन्छौं ।’














बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया