सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ ।
द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रुपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो । सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाले बूढीकोप्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज पोलेमा सुखशान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेम सिंह धामीले बताए । बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।
पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन रहिआएको छ । नयाँपुस्ताको ध्यान नपुग्दा बूढी पोल्ने पर्व पछिल्लो समय लोपहुँदै गएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया