विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएको र दिउँसो १ बजेका लागि बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले बताए ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि काँग्रेस–एमालेको सरकार बनेको छ । साउन ११ गते कोशी सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री कार्कीको समर्थनमा एमालेका ४० र काँग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।













रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया