रवि लक्षित शंकरको प्रश्न- सीईओले कम्पनीमा आएको पैसा र खर्चको दायित्व लिनु पर्दैन ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै महासचिव पोखरेलले कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने उल्लेख गरेका छन् ।
सहकारीको रकम अपचलनबारे रवि लामिछानेले क्लिन चिट पाएको चर्चा भइरहेका बेला महासचिव पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्ने स्पष्ट भएको समेत बताएका छन् ।
‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिनालगानी त्यसको शेयरहोल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्वभित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’ पोखरेलले भनेका छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया