पूर्ण समानुपातिक संसद बनाउन संविधान संशोधन गरौँ : अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टी (यादव–श्रेष्ठ पक्ष) का अध्यक्ष महिन्द्र राय यादवले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
बिहीबार संविधान दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ अध्यक्ष यादवले नेपाली जनताको चाहाना र आकांक्षा पुरा गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न चुकेको बताए । उनले आर्थिक समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्न राजनीतिक दल, संसद र सरकार स्पष्ट बुझाईसहित अघि बढ्न नसकेको पनि बताए ।
अध्यक्ष यादवले संविधान संशोधन गरी पूर्ण समानुपातिक संसद बनाउनुपर्ने बताए । उनले संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै पहिचानका पाँच र सामथ्र्यका चार आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने बताए । त्यसैगरी पुनर्संरचना हुन बाँकी न्यायपालिकालगायत राज्यका सबै अङ्गहरू समावेशी÷समानुपातिक आधारमा पुनर्संरचना गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले नागरिकता सम्बन्धी विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले संसदमा जनसंख्या र भूगोलको आधारमा समानुपातिक÷समावेशी प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्ने बताए । उनले संविधानमा रहेका अपूर्णतालाई संशोधनमार्फत् पूर्णता दिएर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीरसमानुपातिकता संविधानको मुख्य चार खम्बा भएको उल्लेख गर्दै अध्यक्ष यादवले संविधान संशोधन गर्दा यी चार खम्बा कमजोर नहुनेगरी गर्नुपर्ने बताए ।
















रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री
Samsung Unveils Galaxy Buds4 Pro: Redefining Premium Wireless Audio with AI-Powered Innovation
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
Dip in gold and silver prices
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया