पूर्ण समानुपातिक संसद बनाउन संविधान संशोधन गरौँ : अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टी (यादव–श्रेष्ठ पक्ष) का अध्यक्ष महिन्द्र राय यादवले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
बिहीबार संविधान दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ अध्यक्ष यादवले नेपाली जनताको चाहाना र आकांक्षा पुरा गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न चुकेको बताए । उनले आर्थिक समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्न राजनीतिक दल, संसद र सरकार स्पष्ट बुझाईसहित अघि बढ्न नसकेको पनि बताए ।
अध्यक्ष यादवले संविधान संशोधन गरी पूर्ण समानुपातिक संसद बनाउनुपर्ने बताए । उनले संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै पहिचानका पाँच र सामथ्र्यका चार आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने बताए । त्यसैगरी पुनर्संरचना हुन बाँकी न्यायपालिकालगायत राज्यका सबै अङ्गहरू समावेशी÷समानुपातिक आधारमा पुनर्संरचना गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले नागरिकता सम्बन्धी विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले संसदमा जनसंख्या र भूगोलको आधारमा समानुपातिक÷समावेशी प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्ने बताए । उनले संविधानमा रहेका अपूर्णतालाई संशोधनमार्फत् पूर्णता दिएर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीरसमानुपातिकता संविधानको मुख्य चार खम्बा भएको उल्लेख गर्दै अध्यक्ष यादवले संविधान संशोधन गर्दा यी चार खम्बा कमजोर नहुनेगरी गर्नुपर्ने बताए ।












रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया