समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : नेता झलनाथ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको खनालले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट गहिरिएकाले राष्ट्रियतामाथिको सङ्कट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भने, “वर्तमान संविधान जारी भएपछिका यी नौ वर्षमा आठवटा नीति तथा कार्यक्रम, नौवटा वार्षिक बजेट र दुईवटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकाङ्क्षा सम्बोधन हुन सकेको छैन । देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जनाभएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” पूर्वप्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गने ।

















बेलबारी भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया