प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिको सचिवालयले आज एक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि सेवा लम्सालविरुद्ध कुनै उजुरी भए १० दिनभित्र पेस गर्न भनेको हो ।हिजो (बिहीबार)बसेको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।
संवैधानिक परिषद्ले भदौ ३१ गते प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यता परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ गते बसेको बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो ।
यस्तै, भदौ २४ को मन्त्रिपरिषद् बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो । यादव काँग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन् ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया