कांग्रेस–एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्योदय नगर कमिटी इलामको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेस–एमाले मिलेपछि देश स्थिरतातर्फ उन्मुख भएको बताएका हुन् ।
उनले भने, ‘विगतमा स्थिर सरकार नहुँदा देशमा विकास निर्माणले गति लिन सकेन । दुई ठूला पार्टीबीच सत्ता सहकार्य भएपछि अब यो सरकार र गठबन्धनलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन ।’
देशमा साना दलहरूले विचारको राजनीति नगर्दा समस्या भइरहेको रानाको आरोप लगाए । ‘भाषा, धर्म, जातिका नाममा दल बनाएर एउटा समूहलाई सामाजिक सद्भाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाइ र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठूला दल मिल्न बाध्य भएको हौँ । अब सोहीअनुसार काम गरेर प्रमाणित गर्न आवश्यक छ’, उनले भने ।
कार्यक्रममा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पूरा गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको र नेपाली कांग्रेसजस्तो पुरानो दलसँगको सहकार्यले काम गर्न थप सहज भएको उनको भनाइ थियो ।
एमाले इलामका अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरु, प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटी विघटन गरी आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको सचिव पारस राईले बताए ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया