३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ
भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ ।
बैंकका अनुसार भदौ २९ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.७९ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।तर, बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चाहेर पनि लगानी बढाउन सकेका छैनन् ।
यस्तो अवस्थामा सस्तो ब्याजमा नै केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बैंकहरु बाध्य छन् । यसै कारण केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा लगातार निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गरिरहेको छ ।
बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ ।










विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया