३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ
भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ ।
बैंकका अनुसार भदौ २९ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.७९ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।तर, बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चाहेर पनि लगानी बढाउन सकेका छैनन् ।
यस्तो अवस्थामा सस्तो ब्याजमा नै केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बैंकहरु बाध्य छन् । यसै कारण केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा लगातार निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गरिरहेको छ ।
बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया