शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

काठमाडौँ । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उनको सचिवालयले जनाएको छ ।
महासङ्घका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै शहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गरे ।
त्यस अवसरमा कार्यवहाक प्रधानमन्त्री सिंहले व्यवस्थित शहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
“शहरको विकासमा सरकारसँग निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्छ, निजी क्षेत्रसँग मिलेरै व्यवस्थित, स्वच्छ र आर्थिक रुपमा चलायमान शहर बनाउन सकिन्छ”, उनले भने। उनले शहरलाई व्यवस्थित गर्दै अपार्टमेन्ट, हाउजिङको अवधारणामा काम गर्नुपर्नेमा जोड दिए। हालसम्म ल्याण्ड पुलिङ गरी जग्गा तथा आवास विकासको काम सरकारले मात्रै गर्दै आएको छ ।
महासङ्घले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टंमेन्ट बिक्रीपछि डेभलपरका नाममा राख्न नमिल्ने गरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।















भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
सुनचाँदीको मूल्य आज पनि घट्यो
इराकमा अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार : हवाई रक्षा प्रणालीमा क्षति
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया