नेसपानै नेपालको अग्रगामी वैकल्पिक राजनीतिको संस्थापक र पैरवीकर्ता हो : डा. जनक शाह

काठमाडाैं । नेपाल समाजवादी पार्टीकाे विधान मस्यौदाका सन्दर्भमा विधान मस्यौदा समितिका संयोजक डा. जनक शाहसँग मेराेन्यूजले गरेको कुराकानी :
१. नेसपाको विधान मस्यौदा समितिको संयोजकका रुपमा विधान मस्यौदा तयार गर्दै हुनुहुन्छ, यो पारित गर्ने प्रक्रिया के हो ?
विधान मस्यौदा करीब करीब तयार भएको अवस्थामा छ । अब १,२ दिन भित्र हामी तलसम्म सम्प्रेषण गर्छौं । यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न हुने पार्टीको प्रथम विधान अधिवेशनबाट करीब ४०० प्रतिनिधिहरुको सहभागितामा विधान अधिवेशनमा व्यापक छलफल गरी सलाई पारित गरेर कार्यान्वयनमा लैजान्छौ ।
२. विधानका खास नयाँ अन्तवस्तुहरु के के रहेका छन् ?
हाम्राे पार्टी नेपालमा अग्रगामी वैकल्पिक राजनीतिको संस्थापक र पैरवीकर्ता हो । त्यसैले परम्परावादी राजनीतिक संस्कार र प्रचलनमा परिवर्तन ल्याउनु पर्छ भन्ने हाम्रो मान्यता भएको हुँदा नयाँ सांगठनिक अभ्यास, युगअनुकुलको नेतृत्व विकास र डेलीभरी गर्न सक्ने राजनीतिको विकासमा केन्द्रीत हुन्छ । सार्वभौम पार्टी सदस्य, समावेसी तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास, एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकालको नीति, स्वायत्त र सृजनशील जनसंगठन, सामाजिक विभेद, अपराधजन्य क्रियाकलाप र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति, सदस्यहरुको अध्ययनशील जीवनपद्घति, श्रममैत्री एवं प्रगतिशील संस्कृति विकास, पारदर्शी र आत्मनिर्भर आर्थिक व्यवस्थापन, सडक, सदन र सरकारका माध्यमबाट जन्तासँग जोडिने, नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली, प्रत्याव्हान र अस्वीकार गर्ने अधिकारको प्रयोग, नेतृत्वमा युवाहरुको उल्लेख्य सहभागिता, आदि प्रमुख विषयवस्तु रहेका छन् ।
३. नेपालमा वैकल्पिक राजनीति शक्तिको संभावना छ र ?
अहिले नेपाली राजनीतिमा देखिएका सबै अन्तरविरोधहरुको हल नै अग्रगामी वैकल्पिक राजनीतिक शक्ति हो । यस्तो प्रकारको राजनीतिक शक्तिको विकास नहुँदासम्म नेपालको समृद्धि सम्भव छैन । आधुनिक नेपाल निमार्णको क्रममा पहिलो भौगोलिक एकिकरणको चरण मानिन्छ र दोस्रो लोकतान्त्रीकरणको चरण हो त्यो हामीले पुरा ग¥यौं तर त्यस पश्चात् अबको तेश्रो समतामूलक समृद्धिकरणको चरणलाई अहिलेको ढर्राको राजनीतिले पार लगाउन सक्दैन् । त्यसैले नयाँ युगको आवश्यकता बमोजिम एक नयाँ, अग्रगामी र वैकल्पिक राजनीतिक शक्तिको निमार्ण गरी मलुकुको सामाजिक–आर्थिक र राजनीतिक रुपान्तरण सहित समुन्नत समाज स्थापना गर्ने ध्येयले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी नेपाल स्थापना हुँदै र त्यसकै निरन्तरतामा एकता, संघर्ष र रुपान्तरणको प्रक्रियामा नेपाल समाजवादी पार्टी २०७९ असार २९ गते स्थापना हो । हामी यसै अभियानमा निरन्तर अघि बढ्ने छौं । परम्रावादी राजनीतिक दल र छिटफुटरुपमा लोकरिझ्रयाई र तुष्टिकरणकालागि आएका आफुलाई नयाँ भन्ने विचारबिहिन दलहरुले विद्यमान नेपाली समाजका अन्तरविरोधहरु र नेपाली जनताको समृद्धिको चाहनालाई हल गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।
४. नेपालमा धेरै राजनीतिक दलहरु छन्, नेपाल समाजवादी पार्टीलाई नेपाली जनताले कस्तो पार्टीरुपमा बुझ्ने ?
नेपाल समाजवादी पार्टीलाई नयाँ शक्तिकोरुपमा बुझ्न अपिल गदर्छौं । यो एक थान राजनीतिक दल बनाउने प्रक्रिया मात्र हैन, बरु नेपाली राजनीतिमा सचेततापूर्वक थालनी गरिएको ठूलो क्रमभंगताको प्रक्रियाको शुरुवात हो । नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको उच्चतम अभ्यास गरी निर्वाचित संविधान सभाबाट निर्माण गरेको नेपालको संविधानका आधारभूत अन्तरवस्तुहरु गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र र धर्म निरपेक्षताको जर्गेना गर्दै, संविधानबाट सम्बाेधन हुन नसकेका वर्ग, जाति, लिंग, वर्ण, क्षेत्र र अल्पसंख्यक समुदायका विद्यमान समस्या र अन्तरविरोधहरुको हल गर्ने नयाँ युग अनुरुपको रुपान्तरित रानीतिको विकास गर्न प्रयासरत राजनीतिक शक्तिको रुपमा बुझ्दा हुन्छ ।
५. नेपाल समाजवादी पार्टीको वैचारिक आधार के हो ?
२१ औं शताब्दीको शुरुवातसंगै विश्व तीव्र वैचारिक पुनर्गठन र ध्रुवीकरणको प्रक्रियाबाट गुज्रदै रहँदा विज्ञान र प्रविधिको अभूतपूर्व विकास तथा विस्तार र उत्पादन तथा श्रम सम्बन्धका नयाँ आयामहरुको विकासले नयाँ विचारको खोजी गरिरहेको परिप्रेक्ष्यमा २० औं शताब्दीको उदार पूँजीवाद र राज्य नियन्त्रित समाजवादी विचार प्रणालीभन्दा उन्नत, द्वन्द्वात्मक भौतिकवादी दर्शनको सारतत्व सहितको वैज्ञानिक मानवतावादद्वारा निर्देशित र समावेसी तथा सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद हाम्रो सिद्धान्त र विचार हो ।
६. तपाईहरुको रानीतिक कार्यभारलाई कसरी अभिव्यक्त गर्न चाहानुहुन्छ ?
देशको जटील भूराजनीतिक अवस्थिति, गरिबी, वेरोजगारी, भ्रष्टाचार, अल्पविकास, असमानता, विभेद, परनिर्भरता पर्यावरण विनाश र आन्तरिकरुपमा अत्यन्त पिछडिएको अर्थ–राजनीतिक प्रणालीले सिर्जना गरेका संरचनात्मक समस्याहरु पाँच ‘स’ स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजवादको कार्यदिशा र नयाँ संगठनात्मक ढाँचा, कार्यक्रम र योजनामार्फत् समाधान गर्दै जनतालाई गोलबन्द गर्ने हाम्रो प्रमुख रानीतिक कार्यभार हुनेछ ।
७. अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
हामी इमान्दारीपूर्वक जनताको माझमा गएर अग्रगामी वैकल्पिक राजनीतिबारे बुझाउने प्रक्रियामा छौं । जनताहरु सदियौंदेखि हल नभएका आफ्नै समस्याहरुको चटारोमा छन् तर ती समस्याहरु अहिले चलिआएको चलिचलाउ राजनीतिबाट सम्भव छैन । त्यसैले राजनीतिक संस्कारमा परिवर्तन र रुपान्तरण नगरी जनताका समस्याहरुको उचित हल र नेपालको समतामूलक समृद्धिकरणको चरणलाई निष्कर्षमा पुर्याउन नसकिने हुँदा जनस्तरबाट यो कुरो बुझ्न जरुरी भएको हुँदा सडक, सदन र सरकारको मोर्चाबाट यी कार्यहरु गर्न साथ सहयोगको लागि अपिल गर्न चाहान्छु ।
















Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया