कोशीका सभामुख र उपसभामुखको सुविधा बढाइयो
मेरोन्यूज
२०८१ असोज ८ गते १६:२०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको हो ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामखले १२५ लिटर पेट्रोल पाउने प्रावधान थियो ।
मन्त्रिपरिषद्को बैठकले सोही ऐनको दफा २० लाई टेकेर सभामुखका लागि मासिक २२५ लिटर र उपभामुखलाई मासिक १७५ लिटर इन्धन सुविधा दिने व्यवस्था गरेको हो ।

सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया