आइतबार, पुष १३, २०८२

कोशीका सभामुख र उपसभामुखको सुविधा बढाइयो

मेरोन्यूज २०८१ असोज ८ गते १६:२०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको हो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामखले १२५ लिटर पेट्रोल पाउने प्रावधान थियो ।

मन्त्रिपरिषद्को बैठकले सोही ऐनको दफा २० लाई टेकेर सभामुखका लागि मासिक २२५ लिटर र उपभामुखलाई मासिक १७५ लिटर इन्धन सुविधा दिने व्यवस्था गरेको हो ।

प्रतिक्रिया