मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ ।
आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।
लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’
आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरे ।
उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’
विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए ।
उनले थपे, ‘सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ? राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराmपेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’
आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन उनले आग्रह गरे ।
लामिछानेले भने, ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’
उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम आएको प्रतिवेदनमा उल्लेख रहेको भन्दै यो विषयमा मौनता साँधिएको टिप्पणी गरे । आफूलाई मात्रै टार्गेट गर्न खोजिएको उनले बताए ।














डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया