कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । उनले आज मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
गत भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।
‘मैले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा–अड्चन नआउनेगरी, आयोजनाहरू समयमा सम्पन्न हुनेगरी कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,’ कार्यसम्पादन सम्झौतापछि सिंहले भने ।
उनले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्नेगरी अगाडि बढाउन पनि सम्झौताबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको सिंहले बताए ।
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया