बार्सिलोनाको अफरपछि गोलकिपर स्जेस्नीले तोडे सन्यास
मेरोन्यूज
२०८१ असोज १० गते ६:५४

काठमाडौँ । पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।
बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।
३४ बर्षिय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया