‘एलडिसी’लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडाैँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी)का लागि सहयोगको मात्रा बढाउन जी-२० देशहरूलाई आग्रह गरेकी छिन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री देउवाले जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले अल्पविकसित देशहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन्।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड-१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनीतिक तनावका कारण ती देश पीडित भएका बताएको उनको निजी सचिवालयले जनाएको छ ।
‘पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरूमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जी‐२० को सहयोग महत्त्वपूर्ण हुनेछ,’ परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।
जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरेकी छिन्। ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।
परराष्ट्रमन्त्रीले जी‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह गरिन् । उनले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेन्ज फन्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गरेकी छिन् ।










वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया