झण्डाको रङ्ग खुइलिएपछि…

गण्डकी । उद्घाटन भएको सात महिना नबित्दै पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा रहेको ‘अन्तर्राष्ट्रिय झण्डा उद्यान’मा नयाँ झण्डा फेरिएको छ । संविधान दिवसका अवसरमा गत साता उद्यानमा रहेका एक सय ९३ देशका पुराना झण्डा हटाएर नयाँ राखिएको हो । गत फागनु सात गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त झण्डा उद्यानमा राखिएको थियो ।
लायन्स कल्ब इन्टरनेशनलको करिब रु। ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा उक्त अन्तर्राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको थियो । घामपानीको असरले छोटो अवधिमै झण्डाको रङ्ग खुइलिएपछि नयाँ झण्डा फेर्नु परेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने आशामा उक्त उद्यान बनाएको थियो ।
विश्व शान्ति, भाइचारा र एकताको सन्देश दिन अन्तर्राष्ट्रिय झण्डा उद्यानले सघाउ पु¥याउने विश्वास महानगरका पदाधिकारीको छ । तर बर्सेनि राज्य स्रोतको रकम खर्चेर र दातासँग मागेर कहिलेसम्म उद्यानका झण्डा फेरिरहने भन्ने प्रश्न उब्जेको छ । झण्डा उद्यान निर्माणका क्रममा पनि स्थान छनोट उचित नभएको भन्दै सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । पोखरा सार्वजनिक पुस्तकालय रहेको भवन भत्काएर उक्त स्थानमा झण्डा उद्यान बनाएकामा कतिपयले महानगरको आलोचनासमेत गरेका थिए ।
सो ठाउँमा पुस्तकालय नै राख्नुपर्ने या परम्परागत चौतारीसहितको हरियाली उद्यान बनाउनुपर्ने माग स्थानीयवासीको थियो । स्थानीयबासीको गुनासो सुनुवाइ नगरी महानगरले लायन्स इन्टरनेशनलसँग मिलेर अन्तर्राष्ट्रिय झण्डा उद्यान बनाएको थियो । उद्यानमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९३ सहित पोखरा महानगर र लायन्सका गरी एक सय ९७ झण्डा फहराइएको छ । एकै ठाउँमा विश्वभरका झण्डा लहरै फहराउँदा पर्यटकीय आकर्षण बढ्ने महानगरको दाबी रहेपनि कतिपयले भने झण्डा उद्यान मौलिक र पर्यावरणमैत्री नरहेको बताउने गरेका छन् ।
मुख्य सहरी क्षेत्रमा बनेको उक्त रङ्गीचङ्गी झण्डाको उद्यानले सवारीसाधन चलाउनेदेखि ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीलाईसमेत असहज हुने गरेको बताइन्छ । सवारीसाधन चालकको ध्यान मोडिने गरी सडकको दायाँबायाँ त्यस्ता सामग्री राख्न र संरचना बनाउन नहुने ट्राफिक प्रहरीको भनाइ छ ।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले झण्डा उद्यानको दिगोपनाको योजना बनाउनुपर्ने बताए । “पोखरा घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षणका रुपमा झण्डा उद्यानलाई विकास गर्नुपर्छ”, उनले भने, “पर्यटक भुलाउन अन्य आकर्षण र सुुविधा पनि त्यहाँ थप्नुपर्छ ।”
पोखरा महानगरपालिकाको सिको गर्दै बागलुङ नगरपालिकाले पनि गत वैशाखमा सदरमुकाममा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यानमा विश्वरभरका झण्डा फहराएको छ । उद्यानमा रहेका रुख काटेर झण्डा राखिएपछि त्योबेला जनस्तरबाट आलोचना भएको थियो । बागलुङको उद्यानमा रहेका झण्डा पनि घामपानीले खुइलिन थालेका छन् । नगरपालिकाले रु १२ लाख खर्चेर ती झण्डा उद्यानमा फहराएको थियो । अन्तर्राष्ट्रिय झण्डाले उद्यानको सौन्दर्यीकरणका साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरपालिकाको दाबी छ













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया