आइतबार, पुष १३, २०८२

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

मेरोन्यूज २०८१ असोज १० गते १७:४६

काठमाडौं । लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया