पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
पहिले अर्ध-स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुनेगरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाईका कारण सयौँले ज्यान गुमाएका छन् ।
जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन) ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।
कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।
उनले भने, “भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।
उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।
पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक बर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानुनलाई पालना गर्छन्।
सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको छ ।













कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
कुलमानजीसँगको सहमतिलाई अब औपचारिकता दिन्छौँ : सभापति लामिछाने
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया