सोमबार, पुष १४, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

मेरोन्यूज २०८१ असोज ११ गते १३:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आइतबार बिहानको ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा छलफलका लागि ६ एजेण्डा तय भएको छ। जसमा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि राखिएको छ ।

प्रतिक्रिया