पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उनले भने, “पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ ।” वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उनले बताए।
पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए। डुङ्गा सफारी, चरा हेर्ने ९बर्ड बाचिङ्०, हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताउए ।
प्रमुख संरक्षण अधिकृत पुनले भने, “कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ । मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए।
यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गरे । उनले भने, “पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।”

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया