निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी संगठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।
कार्य विभाजनका क्रममा नेताहरूको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी संगठन गतिशील बनाउन नेताहरूको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय संगठनका ईन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।
नेताहरूबीच थप छलफल गरी संगठन सुदृढीकरणमा अनुभव अनुभवी, सक्षम नेताहरूलाई विगतको योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने विषयमा तल्लो तहदेखि नै सुझाव आएको सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
पूर्वपदाधिकारीमा उपाध्यक्षत्रय धनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुसाल चुनावमा प्रतिस्पर्धा नगरेकाले वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ । विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पदाधिकारीमा पराजित भएका थिए। हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।
महाधिवेशनले पुरानो पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै जिल्ला पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया