मंगलबार, पुष १५, २०८२

झ्याप्ले खोलामा थप ३ शव फेला पर्‍याे, उद्दार कार्य जारी

मेरोन्यूज २०८१ असोज १३ गते १०:०४

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा थप ३ शब फेला परेकाे छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली  उद्दार कार्यमा खटिएका छन्

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बसमा रएका यात्रु हुनसक्ने आशंका गरिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।यसबारे थप विवरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया