बुधबार, पुष २, २०८२

२२ अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब 

मेरोन्यूज २०८१ असोज १३ गते १५:२३

काठमाडौँ । नेप्सेमा आज २२ अंकको गिरावट आएको छ । विहिबार नेप्से २२.३६ अंकले घटेर २४६४ विन्दुमा रोकिएको हो ।

आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया