कांग्रेस सांसदका १५ दिनको तलब बाढीपहिरोपीडितलाई दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सांसहरूको १५ दिनको तलब रकम बाढीपहिरोपीडितलाई दिने निर्णय गरिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
आइतबारै बिहान बसेको कार्यसम्पादन समिति बैठकले पार्टी कोषबाट ५० लाख रुपैयाँ पीडितको राहतका निम्ति दिने निर्णय गरेको थियो । संसदीय दलका तर्फबाट गरिएको निर्णयसँगै कांग्रेसले पीडितको राहतका निम्ति थप ३० लाख बढी रकम सहयोग गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकबाट राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूका १५ दिनको तलब पीडितको राहतका निम्ति दिने निर्णय गरिएको छ । कांग्रेसका राष्ट्रियसभामा १७ र प्रतिनिधिसभामा ८७ सांसद छन् । यी दुवैतर्फका ११४ सांसदका आधा महिनाको तलब पौने ३७ लाख रुपैयाँ हुन्छ ।
कांग्रेसले सरकारलाई उद्धार र राहतमा लाग्न पनि आग्रह गरेको छ । कांग्रेसले संघीय संसद्का सबै सांसदहरूलाई विपद्को घडीमा सहयोग गर्न समेत आह्वान गरेको छ ।

















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया