रौतहटमा बाढीले २ जनाको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा) । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।
प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका- ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह नगरपालिका-७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए। ‘‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ”, उनले भने, “ जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।”
विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया